धरानमा निषेधाज्ञा जारी, नाकाहरुमा कडाइ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि आज राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

विभिन्न हिन्दू संगठनहरुले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका छन। र्‍यालीले तनाव उत्पन्न गर्न सक्ने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रशासनले धरान प्रवेश गर्ने सबै नाकाहरुमा कडाइ गर्नुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

गोरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनले धरानमा धार्मिक र्‍याली आयोजना गरेका हुन्। र्‍यालीमा धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यको माग गर्दै नारावाजी भइरहेको छ ।