ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा अनेक व्यवधान खडा भइरहेको छ : अध्यक्ष नेपाल

सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा अनेक व्यवधान खडा भइरहेको छ : अध्यक्ष नेपाल

स्पेस संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिहरुका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा देखा परेको टिप्पणी गरेका छन् ।

आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवाद र वित्तीय पुँजीवादले सर्वहारा श्रमजीवि नेपाली जनतालाई शोषण उत्पीडनको मारमा पारेको बताएका हुन् । देशमा सुशासनको प्रत्याभुति गर्ने कुराहरुमा पनि अनेक व्यवधान खडा भइरहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले नेता, कार्यकर्ताहरु विभाजन भन्दा एकताबद्ध भएर अघि बढ्न पनि आग्रह गरे ।