images
images

भारतद्वारा सूर्यतर्फ आदित्य एल–१ नामक यान प्रक्षेपण

एजेन्सी। भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिवार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य एल–१ प्रक्षेपण गरेको छ ।

आन्ध्र प्रदेशको श्री हरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आदित्य एल–१ प्रक्षेपण गरिएको हो । यो यानले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ । आदित्य एल–१ सूर्यको लागि भारतको पहिलो मिसन हो ।

धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् । यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन । आदित्य एल–१ जहाँ पुग्नु पर्ने छ, त्यसको दुरी पृथ्वीभन्दा १५ लाख किलोमिटर टाढा छ ।

पृथ्वीबाट सूर्यको दूरी १५।१ करोड किलोमिटर छ ।