images
images

अगस्टमा इराकले गर्‍यो १० करोड ब्यारेल भन्दा बढी कच्चा तेल निर्यात

एजेन्सी । इराकले अगस्टमा १० करोड ६० लाख ब्यारेल भन्दा बढी कच्चा तेल निर्यात गरेको छ ।

जसबाट ८ दशमलव ८५ बिलियन अमेरिकी डलर राजश्व उठेको छ । अगस्टमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ८३ दशमलव ३५ डलर थियो ।

मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्यांकलाई उद्धृत गर्दै एक विज्ञप्तीमा भनिएको छ ।

मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिव १०५ दशमलव २३ मिलियन ब्यारेल, उत्तरी प्रान्त निनेवेहकको कयारा तेल क्षेत्रबाट ४ लाख २१ हजार १८६ ब्यारेल र छिमेकी जोर्डनमा ४ लाख ६४ हजार ७२५ ब्यारेल पठाइएको बताइएको छ ।

इराकको अर्थतन्त्र कच्चा तेलमा निर्भर छ । जसले देशको राजश्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।