images
images

एसियाडका लागि नेपाली खेलाडीलाई अभिमुखिकरण

काठमाडौं । चीनमा हुने एसियाली खेलकुद अघि राष्ट्रिय खेलकूद परिषद राखेपले खेलाडीहरुलाई अभिमुखिकरण दिएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता हुने क्रममा खेलाडीहरूमा डोपिङलगायत अन्य व्यवहारिक पक्षबारे जानकारी नहुँदा समस्या हुने गरेको छ ।

चीनको हाङझाव शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एशियाली खेलकुद हुँदै छ । सोही प्रतियोगिता अगाडि राखेपले खेलाडीहरूहरूलाई प्राविधिक प्रशिक्षणसँगै अन्य विभिन्न पक्षबारे जानकारी गराएको हो ।

यसअघि डोपिङ शिक्षा प्रदान गरेको राखेपले शनिवार डाइनिङ इटिक्विटी ओरियन्टेसन कक्षा सञ्चालन गरेको छ । एशियाली खेलकुदमा नेपालबाट २९ खेलमा २३४ खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । राखेपले तेस्रो चरणमा खेलाडीहरूको मोटिभसनको कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।