ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

नेप्सेमा सामान्य अंकको सुधार, एक अर्ब ९ करोड ९१ लाख बराबरको कारोबार

नेप्सेमा सामान्य अंकको सुधार, एक अर्ब ९ करोड ९१ लाख बराबरको कारोबार

स्पेस संवाददाता

काठमाडौं । लगातार घटेको सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य अंकले बढेको छ ।

सोमबार नेप्से ७ अंकले १९ सय ६७ बिन्दुमा पुगेको हो । १२ भदौमा १९ सय ९८ विन्दुमा रहेको सेयर बजार त्यसयता लगातार घट्दै आएको थियो ।

सोमबार २७० सूचीकृत धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता धितोपत्र किनबेच भएको छ । त्यसबाट एक अर्ब ९ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

थ्री स्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस्तै दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तीय संस्थासहितको धितोपत्रका मूल्य पनि बढेको छ ।