ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

कोशीमा मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्नेमा माधवकुमार नेपालको जोड

कोशीमा मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्नेमा माधवकुमार नेपालको जोड

स्पेस संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुनु नहुने बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भएपनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभइ मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए ।

कोशी प्रदेश सरकार मध्यावधिमा नजानका लागि की मिलेर जानुपर्ने, की कसैलाई साथ दिनुपर्ने र की चुनावमा जानुपर्ने विकल्पमात्रै रहेको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले कोशी प्रदेश सरकार मध्यावधि चुनावमा नगइ टिकाइरहन कुनै उपाय निकालिनुपर्ने बताए ।