images
images

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाप्रति अख्तियारको असन्तुष्टि

काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमा भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको जानकारी गराएका छन् ।

प्रवक्ता दाहालले पुनरावेदन हुने मुद्दामा श्यामकृष्ण च्वामू श्रेष्ठसमेत सात जनामाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख २४ हजार ४७८ रुपियाँ बिगोसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारबाट विशेष अदालत, काठमाडंैँमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार भदौ २४ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS