ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघ्यो

नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघ्यो

स्पेस संवाददाता

काठमाडौं । नेपालमा डेंगु सङ्क्रमितको संख्या ३० हजार नाघेको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको अनुसार हालसम्म ३० हजार ८ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने ७६ जिल्लामा संक्रमण फैलिएको छ । सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लाका छन् ।

सुनसरीमा १५ हजार ९ सय ९९ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । त्यस्तै धादिङमा ३ हजार ३६, झापामा २ हजार ७ सय ६७, मोरङमा २ हजार २ सय ६६ र तनहुँमा ५ सय ७९ जनााम संक्रमण पुष्टि भएको छ ।