ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै

स्पेस संवाददाता

काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सछुआन प्रान्तको राजधानी छेन्दु जाँदैछन् ।

बिहीबार कैलाश पर्वतको दर्शन र मानसरोवर तालको भ्रमण गरी त्यही बसेका प्रधानमन्त्री दाहाल शुक्रबार ल्हासा फर्कने र बेलुका सिछुआन प्रान्तको राजधानी छेन्दु जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने बताइएको छ । साथै उनको चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ताको कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल शनिबार छेन्दुबाटै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।