ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

लिभरपुलले टोटनहमलाई २–१ ले हरायो

लिभरपुलले टोटनहमलाई २–१ ले हरायो

स्पेस संवाददाता

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले टोटनहमलाई २–१ ले हराएको छ । शनिबार राति भएको खेलमा जितसँगै टोटनहम दोस्रो स्थानमा उक्लिएको हो ।

सात खेलबाट १७ अंक बनाएको टोटनहम दोस्रो स्थानमा छ । समान खेलबाट १६ अंक रहेको लिभरपुल चौथो स्थानमा रहँदा समान १७ अंकको आर्सनल तेस्रो स्थानमा छ । पहिलो हार बेहोरेको म्यानचेष्टर सिटी १८ अंकसहित शीर्षस्थानमा छ ।

लन्डनस्थित घरेलु मैदानमा टोटनहमलाई जित दिलाउन कप्तान हुङ मिन सनले एक गोल गरेका थिए । ३६औं मिनेटमा रिचार्लिसनले मिलाएको पास सदुपयोग गर्दै सुरुआती अग्रता बनाए ।

पहिलो हाफको इन्जुरी समयमा कोडी गाक्पोले गोल गर्दै खेल १–१ मा पुर्‍याएका हुन् ।