images

हेटौडामा दूध बोक्ने गाडी दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् ।

बुधवार बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा  ना १ घ ५४४ नम्बरको दूध बोक्ने गाडी सडकबाट लगभग दुई सय मिटर तल खस्दा हेटौँडा उपमहानगरपालिका–९ लामसुरे स्थाई ठेगाना भएका चालक सिद्धान्त लामाको मृत्यु भएको हो ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै अगाडी गाडी पल्टिएको र तत्कालै उद्धार गरेर चालक लामालाई अस्पताल पुर्‍याउँदा हेटौँडा अस्पतालका चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जानकारी दिए । उनका अनुसार सोही स्थानका सहचालक प्रेम अधिकारीको अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दूध लिनका लागि हेटौँडाबाट बकैया गाउँपालिकातर्फ गइरहेको गाडी ओरालोमा अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । -रासस