images
images

बिग्रेको जहाज उडाउन स्वीकृति दिने नेवानिका दुई व्यवस्थापक कारबाहीमा

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दमामका लागि उडेको नेपाल वायुसेवा निगम (नेवानि) को विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना व्यवस्थापकलाई कारबाही गरिएको छ ।

विमानमा पटकपटक समस्या उत्पन्न हुँदा पनि त्यसलाई समाधान नगरी उडाएकामा प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो । काठमाडौँबाट दमामका लागि उडेको विमान ‘टिकास उपकरण’मा समस्या देखिएपछि आज काठमाडौँ फर्काइएको थियो ।

ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ का कारण निगमको ए ३२० जहाज फर्काइएको थियो । नाइनएन–एकेएक्स विमानको मर्मतमा संलग्न ‘ड्यूटी मेन्टिनेन्स म्यानेजर’र निगमको ‘कन्टिनियुङ एयरवर्दिनेस’ (सीए) म्यानेजरलाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ । रासस

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS