images

यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेजीयन नाटककार जोन फोसेलाई

काठमाडौं । यस वर्षको नोबेल साहित्यतर्फको पुरस्कार जोन फोसेलाई प्रदान गरिने घोषणा गरिएको छ ।

नाटक र गद्य लेखनका लागि नोबेल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।

फोसे सन् १९५९ मा नर्वेमा जन्मिएका हुन् । उनको निनोर्स्कमा लेखिएको नाटक, उपन्यास, कविता संग्रह, निबन्ध, बालबालिकाका पुस्तकहरू र अनुवादहरू समावेश छन्।

उनी संसारमा सबैभन्दा धेरै नाटक प्रदर्शन गरिएका नाटककारमध्‍ये एक हुन् । उनले आफ्नो गद्यका लागि बढी चर्चित छन् । उनको पहिलो उपन्यास रौडटस्भार्ट सन् १ ९८३मा प्रकाशित भएको थियो । एजेन्सी