ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

हुन्डाईले असोज १९ गतेदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्दै

हुन्डाईले असोज १९ गतेदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्दै


काठमाडौं । दशैं, दिपावली र छठ पर्वको अवसरमा हुन्डाई नेपालले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने भएको छ ।

शुक्रबार १९ असोजदेखि २१ असोजसम्म सञ्चालन हुने ‘फेस्टिभ कार्निवल’ देशभरका सबै शोरुममा सञ्चालन हुनेछ ।

हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ। कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिनेछ ।

लाइभ फुट स्टल्स, लाइभ सांगीतिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धी आवश्यक विभिन्न डीआईवाई टिप्स एण्ड ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी गाडी सम्बन्धी विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभी हाइभोल्टेज ब्याट्री चेकअप ,मोटोर र्‍याली जस्ता अन्य विभिन्न कार्यक्रम सञ्चालन हुने छन् ।

तीन दिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट, एक्स्ट्रा ट्रेजर हन्ट, डेली टेस्ट ड्राइभ एन्ड विन र महिला चालकहरुप्रति लक्षित हुन्डाईह्वील्स अन हिल’ जस्ता कार्यक्रमहरु पनि आयोजना गरिनेछ ।

प्रतियोगितामा विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बोस्च तथा हरपुलका वासिङ मेसिन, माइक्रोवेब ओभन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।