images

चार नेपालीको शव इजरायलले नेपाली दूतावासलाई बुझायो, भोलि काठमाडौँ आइपुग्ने

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका १० जना नेपालीमध्ये ४ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाएको छ ।

नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी निधन भएको थियो ।

इजरायली पक्षले शव हस्तान्तरण गरेपछि नेपाली राजदूत कान्ता रिजाल र इजरायल सरकारको प्रतिनिधिहरूले मृतकहरु प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । चार जना विद्यार्थीको शव शनिवार दिउँसोको १ः२५ बजे प्लाई दुबईको बीमानबाट नेपाल पठाउने टुँगो लागेको छ । जुन शव नेपाली समयअनुसार आइतवार काठमाडौँ पुग्ने बताइएको छ ।

ईजरायलबाट फ्लाई दुबईको उडानमार्फत् दुबईसम्म तथा तत्पश्चात् फ्लाई दुबईकै अर्को उडानमार्फत् काठमाडौँसम्म पुग्ने गरी व्यवस्था मिलाइएको द्ताबासको भनाइ छ । साथै अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ ।