images

वीर र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरुको टोली जाजरकोट पठाइयो

काठमाडौं । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।

सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरिले जनाएको छ ।

जाजरकोट भूकम्पमा परि घाइते भएकाहरूको उद्वार र उपचारमा समस्या भए पछि काठमाडौं बाट थप टोली पठाइएको हो ।