images

जाजरकोट भूकम्पका घाइतेको उपचारका लागि नेपालगन्ज स्थित भेरी अस्पतालमा प्रबन्ध

काठमाडौं । जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ ।

गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ । त्यसका लागि तयारी भइसकेको छ ।

प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ । बिरामीका आफन्तले नरेश श्रेष्ठ (९८५११४३६६६)लाई सम्पर्क गर्नसक्नेछन् ।

यस्तै, कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ । भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।

बाँकेमा रगतको मौज्दात रहेको छ । अपुग भएका फ्रेस रगत आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको छ ।

जाजरकोटको बारेकोट केन्द्र भएर शुक्रबार राति ११ : ४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा नलगाड, भेरीलगायत रुकुमको आठविसकोटमा गरि १४० भन्दा धेरैको ज्यान गएको छ ।