images

प्रधानमन्त्री चढेको हेलिकप्टरबाट ७ घाइतेको उद्धार, ‘हेलिकप्टर उतै छोडेर जहाजमा फर्किँदै प्रचण्ड’

काठमाडौं । भूकम्पमा परी घाइते भएका जाजरकोटका ७ जनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

भूकम्पको क्षति निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर चढेर शनिबार बिहान जाजरकोट पुगेका थिए।

सोही हेलिकोप्टरमा जाजरकोटको नलगाडका ७ जना घाइते र उनीहरूका कुरूवालाई सुर्खेत ल्याइएको हो ।

प्रधानमन्त्री प्रचण्ड पनि घाइतेहरूसँगै सोही हेलिकप्टरमा जाजरकोटबाट रूकुम पश्चिम गएका थिए।

रुकुम पश्चिमबाट प्रधानमन्त्री प्रचण्ड नियमित जहाजबाट काठमाडौं फर्कने छन् भने सेनाको हेलिकप्टर घाइतहरूको उद्धारमा खटिने छ ।