images

प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोटमा

काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएको जाजकोट पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अनुगमनका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बहादुर बस्नेत पनि जाजरकोट गएका छन् । उनी जाजरकोटकै जनप्रतिनिधि हुन् ।

गएरातीको भूकम्पमा परि जाजरकोट र रुकुममा अहिलेसम्म १४० जनाको मृत्यु भइसकेको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।