images

‘भूकम्पबाट ज्यान जोगायौं, तिहार अर्को वर्ष मनाउँला’

२९ कात्तिक, जाजरकोट । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको यो वर्षको तिहार त्रिपालमुनि बितेको छ । दुःख र त्रास उस्तै छ । घर भत्किएको छ । चिसो सिरटोमा खुला आकासमुनि पालको भरमा बाँच्नुको पीडा भन्न सकिने छैन ।

आफ्नै घरमा दसैँ मनाएका उनीहरुलाई १७ कात्तिकको राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६।४ रेक्टर स्केलको भूकम्पले त्रिपालमुनि पुर्‍याएको छ । भूकम्पले मानवीय र भौतिक क्षति पुगेको छ । खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन समेत धौ–धौ छ ।

विगतका वर्षहरुमा तिहारको रौनक बिछट्टै भएपनि यो वर्ष भने तिहार मनाउन नसकिएको बारेकोट–१, सिर्पाचौरकी धनकला पुन ९३२० बताउँछिन् ।

‘तिहारमा आफन्तले घर भरिन्थ्यो, देउसी भैलो खेल्नेहरु आँगनमा नाँचगान गर्दा मनै फुरुङ्ग हुन्थ्यो’, विगतको तिहार सम्झिदै धनकला भन्छिन्, ‘गाउँ नै झलमल्ल हुँदा केटाकेटी रमाउँथे । यो वर्ष ज्यान जोगायौं दिन सप्रिए अर्को बर्ष मनाउँला तिहार ।’

भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि एक किलोमिटर टाढाको सिर्पाचौरमा यो वर्ष तिहारको रौनक रहेन । विगतका वर्षहरुमा देउसी, भैलोले गुञ्जयमान हुने यो गाउँ सुनसान छ ।

‘श्रीमानले मिहिनेतले बनाएको घर भत्कियो । खाने अन्न पुरियो । राहतमा पाएको त्रिपालमुनि बास छ,’ स्थानिय सुशीला घर्ती ९५६० भन्छिन्, ‘के खाने, कहाँ बस्ने रु कुनै टुंगो छैन । के को तिहार मनाउने नि रु बिहान बेलुका छाक टार्नै मुश्किल छ ।’

भूकम्पले जाजरकोटको भेरी, नलगाड नगरपालिका, कुशे गाउँपालिका, रुकुमपश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ठूलो क्षति भयो ।

यद्यपि भूकम्पबाट सिङ्गो जाजरकोट, रुकुमपश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन् ।

कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक अस्थायी आवासमा बसेका छन् । भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएको कर्णाली प्रदेश सरकारको तथ्याङ्क छ ।

नलगाड –७, दल्लिकी गंगा बादी ९४८० ले भूकम्पबाट भाग्यले बाँचिएको र पालमुनिको तिहार मनाउन समस्या भएको बताउँछिन् । ‘तिहार त आयो, जान्छ । हामीलाई त फरक पर्दैन । तर बालबच्चाको मन भुलाउन साह्रै गाह्रो पर्ने रहेछ’, उनले भनिन्, ‘आफ्नो र घरबास छैन । छोराछोरी नयाँ लुगा ९कपडा० र मासु चाहियो भन्छन् । कहाँबाट पुर्‍याउनु ।’