images
images

सर्वाेच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौं। न्याय परिषद्को बैठकले सर्वाेच्च अदालतमा रिक्त रहेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ। मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ भने, उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस गरिएको न्यायपरिषदले जनाएको छ। रिक्त एक पदमा अझै सिफारिस भएको छैन ।

प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन हुनु पर्ने संवैधानिक प्रावधान रहेको छ। उनीहरुको समितिले उनीहरुको नाम अनुमोदन गरेपछि मात्रै नियुक्ती हुने छन। हाल सर्वोच्च अदालतमा २१ मध्ये ७ जनाको पद रिक्त रहेको छ।