images
images

कांग्रेसले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा एक हजार अस्थायी घर टहरा निर्माण गर्ने

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा एक हजार अस्थायी घर टहरा निर्माण गर्ने भएको छ।
मंगलबार कांग्रेस महामन्त्री गगनथापाको सभापतित्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो। भुकम्प प्रभावित क्षेत्रका जोखिम रहेका पीडित परिवारलाई अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्याउने उद्धेश्यले श्रमदान गर्न एक निर्माण विज्ञ,दुई जना दक्ष मिस्त्री र सात जना स्वयमसेवक रहने गरी १० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धीत क्षेत्रमा खटाउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

त्यसै गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने,अस्थायी विद्यालयहरु निर्माण गर्ने र अस्थायी एक हजार घर टहरा निर्माण गर्ने निर्णय गरेको विश्वकर्माले जनाएका छन।

हेर्नुहोस् यस्ता छन् निर्णयहरु