images

अमेरिका निवासी खड्का दम्पतीद्वारा जाजरकोटका ४० बढी भुकम्प पीडितलाई राहत वितरण

काठमाडौं। अमेरिका निवासी समाजसेवी अर्जुन खड्का र माया खड्का दम्पतीले जाजरकोटका भुकम्प पीडितहरुलाई राहत प्रदान गरेका छन। अमेरिकालाई कर्मथलो बनाउँदै आएका खड्का दम्पतीले गत कार्तिक ११ गते जाजरकोटमा गएको भुकम्पका पीडितहरुलाई राहत वितरण गरेका हुन।

भुकम्पका कारण जाजरकोट र रुकुममा ठूलो जनधनको क्षति भएको थियो। भुकम्पले सयौं घरहरु भत्किएर स्थानीय खुला आकाशमा बस्न बाध्य भएपछि खड्का दम्पतीले सामाजिक अभियान्ताद्वय रीता शाही र लक्ष्मी बोगटी कुँवर मार्फत राहत ४० बढी परिवारलाई राहत प्रदान गरेका हुन।

पीडित परिवारलाई त्रिपाल, सिरक, डस्ना लगायतका अत्यावश्यक भाँडाकुडा हस्तान्तरण गरिएको सामाजिक अभियन्ता रीता शाहीले जानकारी दिइन। समाजसेवी व्यक्तित्व खड्का अमेरिकाको विभिन्न संघ संस्थामा आबद्ध हुनका साथै हिमानि ट्रस्टमा समेत आवद्ध रहेका छन। उनि हिमानी ट्रस्ट अमेरिका एक शाखाको राजदुत समेत रहेका छन।

कर्मथलो अमेरिकामा बनाउँदै आएका खड्का दम्पतीले नेपालका हरेक क्षेत्रका प्राकृतिक प्रकोप, गरीब, विपन्न विद्यार्थीहरु लगायतलाई सहयोग गर्दै आएका छन। आफु अमेरिकामा रहे पनि मन नेपालमै रहेको खड्का दम्पती बताउँछन। जाजरकोट मात्र नभएर समस्या परेको ठाउँ देशभर आफुले सहयोग गरेको र सधैं गरि रहने खड्का दम्पतीको भनाई रहेको छ।