images
images

तीनुकनेबाट दुर्गा प्रसाईंका सात जना समर्थक पक्राउ

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सात जना समर्थकहरु पक्राउ परेका छन। प्रसाईंको भेलालाई समर्थन जनाउन गएकामाथि प्रहरीले धरपकट गरि पक्राउ गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस अघि नै प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न निषेध गरेको थियो।

प्रशासनले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रम नगर्न र गरेको पाएमा कार्बाही गर्ने चेतावनी दिएको थियो । सरकारले प्रसाईंलाई भक्तपुर स्थित उनकै घरमा नजरबन्द गरेको छ। सरकारले प्रसाईंको घरमा सयौंको संख्यामा प्रहरीहरु तैनाथ गरेर बाहिर निश्कन दिएको छैन।

प्रसाईंले विहिबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरेर एमाले निकट युवा संघले गरेको स्थान तीनकुनेमा लगातार प्रर्दशन गर्ने जनाएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS