images
images

सर्वाेच्चका प्रस्तावित ६ न्यायाधीश विरुद्ध उजुरी आव्हान गर्ने निर्णय

काठमाडौं। सर्वाेच्च अदालतका प्रस्तावित ६ न्यायाधीश विरुद्ध संसदीय सुनुवाई समितिले उजुरी आव्हान गर्ने निर्णय गरेको छ। शुक्रबार संसदीय सुनुवाई समितिको सिंहदबारमा बसेको बैठकले उक्त उजुरी आव्हान गर्ने निर्णय गरेको हो।

बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका थिए ।

गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो । न्याय परिषद्बाट उनीहरूमाथि संसदीय सुनुवाइका लागि मङ्सिर ६ गते पत्र प्राप्त भएकोले सुनुवाइ प्रक्रिया थालनी भएको हो । सर्वाैच्च अदालतमा हाल सात जना न्यायाधीशहरुको पद रिक्त रहेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS