images
images

प्रसाईंलाई बन्धक बनाएको भन्दै सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता, आईतबारका लागि तोकियो पेशी

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बन्धक बनाएको भन्दै सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पुगेको छ। सरकारले प्रसाईंलाई बाक्लो मात्रामा प्रहरीहरु परिचालन गरि उनलाई घरबाट बाहिर निस्कन नदिएपछि सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट पुगेको हो।

नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठित गरेको जिकिरसहित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन। संविधानले व्यक्तिलाई स्वतन्त्र अभिव्यक्ति राख्न पाउने मौलिक अधिकार दिएको भए पनि संविधानको धारा (१७) विपरित उनलाई बन्दी बनाएको भन्दै अदालतमा पुगेका हुन।

अधिवक्ता भण्डारीले शुक्रबार रिट दर्ता गराएको सर्वाेच्च अदालतका सुचना अधिकारी गोविन्द प्रसाद घिमिरेले स्पेश फोरके टेलिभिजनलाई जानकारी दिए। उनले भने, रिट दर्ता भईसकेको छ। त्यसको पेशी आईतबारलाई तोकिएको छ। सूचना अधिकारी घिमिरेका अनुसार भोली शनिबार विदाको दिन परेकाले पर्सी आईतबार मात्रै सुनुवाई हुने जनाएका छन।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS