images
images

विद्यार्थी कम भएपछि त्रिवि अन्तरगतका १६ क्याम्पसको सम्बन्धन खारेज

काठमाडौं। विद्यार्थीहरु कम भएपछि त्रिभुवन विश्वविद्यालयका १६ वटा क्याम्पसको सम्बन्धन खोरज गरिएको छ। ३२ वटा क्याम्पस गाभिएर १६ वटा भएपछि गाभिएका १६ क्याम्पसको सम्बन्ध खारेज गरिएको त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले जनाएको छ।

शिक्षक जनशक्ति र विद्यार्थी संख्या कम भएपछि क्याम्पसलाई मर्ज गर्नु परेको त्रिवि योजना निर्देशनालयका निर्देशक ध्रुव गौतमले जानकारी दिए ।

त्रिविले गत जेठ जेठ महिनामा एक–अर्कामा समायोजन हुन चाहने क्याम्पसलाई निवेदन दिन असारसम्मको समयसीमा तोकेर सूचना जारी गरेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS