images
images

स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न डा केसीको माग

काठमाडौं। डा गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन। चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनशन बसेका डा केसीले स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गर्न माग गरेका हुन।

डा केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेत मेडिकल माफियाको पक्षमा रहेको भन्दै तत्काल मन्त्रीपदबाट बर्खास्त गर्नु पर्ने बताएका छन। ‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु उनले विज्ञप्ति मार्फत भनेका छन। ’

डा केसीले मन्त्री बस्नेतसँग स्वास्थ्यसँग सम्बन्धित ज्ञान र अनुभव हुँदै नभएको आरोप समेत लगाएका छन।उनले भनेका छन,‘ठूला मुखे गैरजिम्मेवार, भ्रष्ट र गँवार व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवाले स्वास्थ्य मन्त्रालय जस्तो सम्वेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलबाड गर्दैछन्। यो राजनीतिक तथा सामाजिक अपराध हो ।,’

त्यस्तै, डा‍‍.केसीले आफू विरुद्ध लगाइएको आरोपको छानबिन गर्न पनि आग्रह गरेका छन्। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा, स्वास्थ्यमन्त्री (पदमुक्त गरेपछि) र सम्बन्धित निकायका पदाधिकारी साथै वरिष्ठ पत्रकार सदस्य रहेको छानबिन आयोग गठन गर्न माग गरेका छन्। ‘छानबिनमा मेरो पूर्ण सहयोग रहनेछ र मेरो अलिकति पनि संलग्नता पाइएमा कुनै पनि सजाय भोग्न तत्पर छु,’ विज्ञप्तिमा उल्लेख छ।

यस अघि स्वास्थ्यमन्त्री बस्नेतले गोविन्द केसी मेडिकल गिरोहबाट सञ्चालित भएकाे अाराेप लगाउँदै उनको अभियानमा लाग्ने डाक्टरलाई अब कारवाही हुने चेतावनी दिएका थिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS