images
images

नेपाल पिएचडी एसाेसिएशनको अध्यक्षमा डा श्रेष्ठ निर्वाचित


काठमाडौं। नेपाल विद्यावारिधी संघ (पिएचडी एसोसिएशन)को अध्यक्षमा डा सुनिलबाबु श्रेष्ठ निर्वाचित भएका छन्।

संघको उपाध्यक्षमा वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा चन्द्रकान्त ज्ञवाली, महाससचिव डा. अलक प्रसाई,सचिव डा. सुन्दरी पोखरेल र कोषाध्यक्ष डा सारिका अमात्य निर्वाचित भएका छन।

त्यसैगरि सदस्यहरुमा डा. भोला ढकाल,डा. दिवस अमात्य डा. लेखनाथ भण्डारी डा. रामशरण थपलिया,डा रमेश भण्डारी र डा सुरक्षा सुवेदी निर्वाचित बन्न सफल भएका छन। समितिको औचित्य नीतिगत रुपमा राज्यलाई हस्तक्षेप गर्ने रहेको वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले स्पेस फोरके टेलिभिजलनलाई जानकारी दिए। वरिष्ठ अधिवक्ता ज्ञवालीले भने,‘नेपालमा पिएचडी एसोशिएसन ०६५ सालदेखि नै गठन भएको संस्था हो। यसमा पिएचडी गरेका बौद्धिक थिंकट्यांकहरु रहेका छन। यसको उद्धेश्य खास गरि राज्यलाई नीतिगत रुपमा सहयोग गर्ने नै हो।’

डा ज्ञवालीले आफूहरुसँग नीतिगत रुपमा राज्यले सहयोग नलिएको अवस्थामा देशको राजनीतिक,कुटनैतिक र परराष्ट्र लगायतका नीतिगत कुरामा हस्तक्षेप गरेर अघि बढ्ने बताए। हाल नेपालमा विद्यावारिधी गरेका बौद्धिक व्यक्तित्वको संख्या तीन सय भन्दा बढी रहेको एसोशिएसनले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS