images
images
images

अध्यक्ष तिमिल्सिनाकाे नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया जाँदै

काठमाडौं। राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आइतबार राती अष्ट्रेलिया जाने भएका छन।

वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय प्रतिनिधिमण्डल आज राती अष्ट्रेलिया प्रस्थान गर्न लागेका हुन।

संयृुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम(युएनडिपी)को संसद सहयोग परियोजना अन्र्तगत अध्ययन भ्रमण हुन लागेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए । युएनडिपी नेपाल र संघीय संसद सचिवालयबीच समझदारी भई संघीय संसद र प्रदेश सभाहरुमा संसद सहयोग परियोजना सञ्चालित छ । परियोजनाको सन् २०२३ का लागि स्वीकृत कार्यक्रम अन्तर्गत संघीय संसदका लागि छुट्याइएको कार्यक्रममध्ये मा भ्रमण हुन लागेको हो ।

प्रतिनिधिमण्डलले अष्ट्रेलियाको संसद र न्यू साउथ वेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसदहरूमा विभिन्न भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम रहेको छ । प्रतिनिधि मण्डलमा अध्यक्ष तिमिल्सिना, सुदुरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ, गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, मधेश प्रदेश सभाका उपसभामुख बबिता कुमारी राउत ईशर, बागमती प्रदेश सभाका उपसभामुख अपसरा चापागाईं खत्री र लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी रहेका छन।

यस्तै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र सम्माननीय अध्यक्षज्यूको स्वकीय सचिव ऋचा पोखरेल पनि प्रतिनिधीमण्डलमा रहेका छन।

भ्रमण सम्पन्न गरी अध्यक्ष मंसिर १८ गते र प्रतिनिधिमण्डलका अन्य सदस्य २ डिसेम्बर, मंसिर १६ मा नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS