images

क्यानाडाको राजदूतमा पौड्यालको नाम अनुमोदन

काठमाडौं। क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम अनुमोदन भएको छ। परराष्ट्र सचिव समेत रहेका पौड्यालको नाम क्यानडाका लागि प्रस्तावित राजदूतमा अनुमोदन भएको हो।

आइतबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको हो। पौड्याल विरुद्ध समितिमा दुईवटा उजुरी परेका थिए।

उनलाई अब राष्ट्रपतिले नियुक्त गरेपछि औपचारिक रुपमा राजदूतको कार्यभार सम्हाल्नेछन् । पौड्यालले क्यूबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत र अन्तर्राष्ट्रिय नागरिक उड्ययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रुपमा काम गर्नु पर्नेछ।

संसदीय सुनुवाइ समितिले संवैधानिक निकाय र राजदूतमा प्रस्तावित व्यक्तिको नाम सुनुवाइ पूरा भएकै दिन अनुमोदनको निर्णय नगर्ने सहमति समेत गरेको छ। पौड्यालको नाम यस अघि सुनुवाईकै दिन अनुमोदन गर्ने निर्णय गरिसकेको छ।

A complete Nepali News Portal based on news & views
images
SKIP THIS