images
images

गैरआवासीय नेपाली संघको पूनः निर्वाचन गर्न आरके समूहको माग

काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको आरके शर्मा पक्षले संस्थालाई एकतावद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको बताएका छन् । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्मा पक्षले पुनः निर्वाचनको माग गरेको हो ।

अनलाइन माध्यमबाट गराइएको निर्वाचनको वास्तविकता ल्याउन अन्तर्राष्ट्रिय छानविन समिति बनाउने भन्ने प्रस्ताव हास्यास्पद रहेका शर्मा पक्षको आरोप रहेको छ ।

पत्रकार सम्मेलनमा शर्माले यो लडाईं आफ्नो व्यक्तिगत नभइ संस्थागत भएको बताए । उनले सानो घेरोमा संस्था लगेर पेल्दै गए अन्तिम घडीसम्म पनि न्यायको लागि लड्ने चेतावनी दिए ।