images

रुसी सेनामा कार्यरत चार नेपालीको मृत्यु भएकाे पुष्टि

काठमाडौं । रुसी सेनामा कार्यरत चार जना नेपालीको मृत्यु भएको छ ।रुसी सेनामा कार्यरत रहेको चार नेपालीको मत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का, इलाम–५ का गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् ।

उनीहरुको गत १५ नोभेम्बर कात्तिक २९ गते मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मृत्यु प्रमाणपत्रसमेत प्राप्त भइसकेको दूतावासले जनाएको छ । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो ।

उनीहरुको गत कात्तिक २९ गते तिहारको भाइटीकाका दिन एकैसाथ मृत्यु भएपनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन् । स्याङजा कार्की नेपाली सेनाबाट निवृत्त भएका हुन। दोलखाका रोक्का भने केही वर्षअघिसम्म सशस्त्र प्रहरीमा कार्यरत रहेको र अवधि नपुग्दै राजीनामा दिएका थिए ।

परराष्ट्रले भने रुस–युक्रेनमा मारिएका नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन । रुस–युक्रेन युद्धमा नेपाली मारिन थालेपछि सोमबारदेखि परराष्ट्रमन्त्री एनपी साउदले आन्तरिक छलफल थालेका छन् ।