images

अष्ट्रेलियाद्वारा भारतमाथि रोमाञ्चक जित हासिल

काठमाडौं । टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ। ग्लेन म्याक्सवेलको शतकको मदतमा अष्ट्रेलियाले भारतलाई पाँच विकेटले हराएको हो ।

दुई सय २३ रनको विशाल लक्ष्य अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्कासहित अविजित १ सय ४ रन बनाए । त्यस्तै ओपनर ट्रविस हेडले ३५, आरोन हार्डीले १६, जोश इंग्लिसले १०, मार्कस स्टोइनिसले १७ र टिम डेविडले १७ रन बनाए । बलिङतर्फ भारतका रवि विश्रोईले २ विकेट तथा आवेश खान, अक्षर पटेल र अर्शदीप सिंहले समान एक–एक विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका लागि ओपनर रितुराज गायकवाडले शानदार शतक हाने । उनले नटआउट १ सय २३ रन बनाए । ५७ बल खेलेका गायकवाडले १३ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै तिलक बर्माले नटआउट ३१ रन बनाए । एसुबी जयसवाल ६ रनमा आउट हुँदा इसन किसन शुन्य रनमा पभेलियन फर्किए । कप्तान सूर्यकुमार यादव ३९ रनमा आउट भए । अष्ट्रेलियाका केन रिचार्डसनल, जसोन बिहेन्डरोफ र आरोन हार्डइले समान एक–एक विकेट लिए ।