images
images

राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले राष्ट्रिय सभाका रिक्त सदस्यका लागि आगामी माघ ११ मा निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

यसअघि निर्वाचन आयोगले माघ ११ मा निर्वाचन गर्न सरकारलाई सिफारिश गरेको थियो। त्यसकै आधारमा निर्वाचनको मिति तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिएकी छन।

राष्ट्रिय सभाका १९ सदस्यको फागुन २० गते पदावधि सकिंदै छ। राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ अनुसार फागुनमा रिक्त हुने पदहरूको पूर्ति माघ १५ गतेसम्म गरिसक्नुपर्ने प्रावधान रहेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS