images

भूकम्प पीडितहरुको आवास निर्माणका लागि सेना र प्रहरी खटाउने सरकारको निर्णय

काठमाडौं। भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुको आवास निर्माणको लागि नेपाली सेना र नेपाल प्रहरी खटाउने सरकारले निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद्को नियमित बैठकले उक्त निर्णय गरेको हो।

मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ।,’

गत कार्तिक १७ जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो। भुकम्पमा ठूलो मात्रामा जनधनको क्षति भएको थियो।