images
images

कांग्रेस पदाधिकारीको बैठक बस्दै, दुई एजेण्डामा छलफल हुने

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै छ। बैठक पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बस्न लागेको हो।

बैठकमा मुख्यगरी दुईवटा एजेण्डामा छलफल हुने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले स्पेस फोरके समाचारलाई जानकारी दिए। विश्वकर्माले भने,‘बैठक अहिले एक बजेबाट पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्बाराहीमा बस्दै छ। बैठकका मुख्य एजेण्डा भनेको महासमिति बैठकको तयारी र विभागहरुको पूर्णता दिने रहेको छ।’

कांग्रेस महासमितिको बैठक आगामी पुस १६ गतेदेखि १९ गते बस्ने भएको छ। बैठकले नीति अधिवेशनको समेत काम गर्ने कांग्रेसले जनाएको छ।