images
images

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित, केन्द्रीय सदस्यको संख्या ५२ पुग्यो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १४ जना सांसदहरुलाई केन्द्रीय समितिमा मनोनय गरेको छ। यो सँगै रास्वपा केन्द्रीय सदस्यको संख्या ५२ पुगेको हो।

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।

यसअघि सांसद रहेका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्दवासिनी कंसाकार गरी ६ जनालाई केन्द्रीय सदस्यमा मनोनय गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS