images
images
images

युरोपियन युनियनद्वारा नेपालको हवाई यातायातलाई कालो सूचीबाट हटाउन अस्विकार

काठमाडौं। युरोपियन युनियनले नेपालको हवाई यातायातलाई कालो सूचीबाट हटाएको छैन। युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा नभएको भन्दै नेपाली वायुसेवा कम्पनीलाई उडान सुरक्षा चासोबाट हटाउन अस्विकार गरेको हो ।

बिहीबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका सबै वायु सेवा कम्पनीलाई उडान सुरक्षा चासोमा राखिएको छ । युरोपियन कमिसनबाट उडान सुरक्षा चासोमा परेसँगै नेपाली वायु सेवा कम्पनीलाई युरोपको आकाश प्रयोगमा लागेको प्रतिबन्धले निरन्तरता पाएको छ । नेपाली वायु सेवा कम्पनीको सुरक्षा अवस्था कमजोर हुनुको साथैं नेपालमा उड्डयन क्षेत्रको नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा एउटै संस्थाले काम गरिरहेको भन्दै युरोपियन कमिसनले सन् २०१३ देखि नेपाललाई उडान सुरक्षा चासोमा राख्दै आएको छ ।

गत वर्ष भदौ २८ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ईयूले नेपाली उड्डयन क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार भएको निष्कर्ष निकालेको बताएका थिए । तर अधिकारीको दाबी अनुसार गत वर्ष ईयूले सुरक्षा चासोबाट हटाउन अस्वीकार गरेको थियो ।

त्यस्तै पछिल्लो समयसमेत प्राधिकरण महानिर्देशक अधिकारी उडान सुरक्षामा नेपालले उल्लेख्य प्रगति गरेको भन्दै युरोपियन कमिसनले सुरक्षा चासोबाट हटाउने दाबी गर्दै आएका थिए । प्राधिकरणले भने कालोसूची दोहोरिनुमा वायुसेवा कम्पनी र राज्यलाई दोष देखाउँदै उम्किने प्रयास गरेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS