images
images
images

पूर्वगृहमन्त्री खाँणबारे न्यायाधीशहरुको राय बाझियो, पूर्ण इजलाश मार्फत छिनोफानो हुने

काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा रिहाई गर्ने वा नगर्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको हो ।

पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिएका थिए । तर अर्का न्यायाधीश जनकराज पाण्डेले भने धरौटीमा छाड्नु पर्ने राय दिएका थिए ।

दुई न्यायाधीश यसरी राय बाझिदा उनको मुद्दा विचाराधीन नै रहेको छ। संयुक्त इजलासमा राय बाझिएपछि अब यो ‍विषयमा पूर्ण इजलासमा छिनोफानो हुने भएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS