images
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणःटेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त भनिएका टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा पाटनमा भएको सुनुवाईमा अदालतले उक्त आदेश दिएको हो।

मानसिक समस्या समेत देखिएको साथै उमेरले समेत ७६ वर्ष पुगेको र आफैं शरणार्थी भएकाले अन्य देशमा भागिजाने अवस्था समेत नदेखिएकाले जिल्ला अदालत काठमाडौंको फैसला बदर गरिएको आदेशमा उल्लेख छ। त्यसैगरी अदालतले नरेन्द्र केसीलाई १० लाख र हरिभक्त महर्जनलाई १५ लाखमा छाेड्न अादेश दिएकाे छ।

त्यस्तैगरी शमशेर मिया १० लाख धरौटी, आशिष बुढाथोकी साधारण तारेख र सन्दिप रायमाझी ३० लाख धरौटीमा रिहा भएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS