images
images

नेपाल एयरलाइन्सको ग्राउन्ड ह्याण्डलिन खोसियो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्याण्डलिन सेवामा पाएको एकाधिकार तोडिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवा प्रतिस्पर्धाको आधारमा मात्रै दिने निर्णय गरेपछि एकाधिकार तोडिएको हो ।

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित, भैरहवा र पोखरा विमानस्थलको समेत ग्राउन्ड हेन्डिलिङ गर्दै आएको छ । हालसम्म नेपाल एयरलाइन्सले बिना प्रतिस्पर्धा यो सेवा लिइरहेको थियो ।

अब प्राधिकरणको नयाँ नियमावली अनुसार सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत् गराइने छ ।