images
images
images

राजाको हातबाट बत्ती बालेर हिन्दु राष्ट्र घोषणा गर्छाैंः प्रसाईं

काठमाडौं।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियान्ता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्रको अन्त्य गरेरै छोड्ने उद्घोष गरेका छन। आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईंले राजाको हातबाट बत्ती बालेर हिन्दु राष्ट्र घोषणा गर्ने बताएका हुन।

उनले पहिलो चरणको आन्दोलन सफल भएको बताउँदै मंसिर ३० मा समानान्तर सरकारको घोषणा गर्ने र आगामी फागुन फागुन १ गते राजाको हातबाट बत्ती बालेर गणतन्त्रको अन्त्य र राजतन्त्र पूर्नस्थापाना गर्ने बताएका हुन।

प्रसाईलेंले भने, झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्छौँ । अब यो व्यवस्था परिवर्तन हुन्छ ।

त्यसैगरी उनले पहिलो चरणको आन्दोलनबाट एमाले निकट युवा संघको दादागिरीको अन्त्य भएको र तरुण तथा वाइसिएल लगायतका दलका भातृ संगठनले समेत राहत महसुस गरेको दाबी गरे।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS