images
images
images

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड युएईबाट स्वदेश फिर्ता हुँदै छन्। उनी फ्लाईको जहाज मार्फत आइतबार साँझ काठमाडौं आउने भएका हुन। प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८)मा भाग लिन युएई गएका थिए।

प्रधानमन्त्री प्रचण्डल कोप-२८ लाई सम्बोधन गर्दै नेपाल जलवायु परिवर्तनमा कुनै संलग्नता नरहेको मुलुक र जनतामाथि अन्याय भइरहेको बताएका थिए । जलवायु उत्सर्जनमा शून्य योगदान रहेका नेपालजस्ता मुलुकहरूले जलवायु परिवर्तनको हानिकारक प्रभाव भोग्नुपरेको प्रष्ट पारेका थिए। ‘जलवायु परिवर्तनको डरलाग्दो असर नेपालजस्ता मुलुकमाथि परिरहेको छ,’ दाहालले भने, ‘विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको छ ।’

प्रचण्डले सम्बोधनका क्रममा पेरिस सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न ढिला गर्न नहुनेमा पनि प्रधानमन्त्री दाहालले जोड दिएका थिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS