काठमाडौं। भरुवा बन्दुक पड्कदाँ दोलखामा एक युवकको मृत्यु भएको छ। भरुवा बन्दुक पड्किएर शनिबार तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ।
भरुवा बन्दुक बोकेर कार्की सहितका सात जना घर नजिकै सिकार खेल्न गएका थिए। शनिबार राती ११ बजे कार्कीले भरूवा बन्दुक पड्काउँदा आफैंलाई लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक दीपक खड्काले जानकारी दिए।
घटनामा संग्लन अन्य ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ। उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन।


स्पेस समाचार







