images
images

कोशी प्रदेशका विना विभागीय मन्त्रीलाई तोकियो जिम्मेवारी

काठमाडौं। कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विना विभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी सुम्पेका छन।

आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री राईले अरु मन्त्रालय भने आफैले राखेका छन। मुख्यमन्त्री राई कोशी प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतको समर्थनमा मुख्यमन्त्री बनेका थिए। पछिल्लो समय एमालेले कार्कीको कार्यशैली प्रति असन्तुष्ट बनिरहेको छ।

एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए ।रानाले माओवादी र एकिकृत समाजवादी पार्टीबाट मन्त्री बनाएपछि राजीनामा दिएका थिए।