images
images
images

विप्लव विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) विरुद्ध ३५ दिने पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले महासचिव विप्लव सहित उनका पार्टीका उच्च तहका नेताहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

पक्राउ पुर्जी भएको शीर्ष नेताहरू विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) बमोजिम ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौैंले जानकारी दिएको छ।
हेर्नुहास् जिल्ला अदालतद्वारा जारी सूचना

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS