images

सरकार छिमेकीसँग ठाडो शीर गरेर बोल्न सक्दैनः ओली

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार छिमेकी मुलुकहरुसँग ठाडो शीर गरेर बोल्न नसकेको आरोप लगाएका छन।

बुधबार एमालेले सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय अभियान अन्तर्गत रुकुममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन। अध्यक्ष ओलीले भने,‘अहिले राष्ट्रको सार्वभौमसत्ता,स्वाधिनता निहुरिएको अवस्थामा छ। नेपाल सरकारले हाम्रा छिमेकीहरुसँग ठाडो शिर गरेर कुरा पनि गर्न सक्दैन।’उनले राष्ट्रिता र स्वाधिनाका विषयमा एमाले गम्भीर रहेको समेत दाबी गरे। उनले एमालेको सरकार आएको बेलामा रोकिएका विकासका गतिले निरन्तता पाउने बताए।

त्यसैगरी उनले अहिलेको सरकाले अपराधीको संरक्षण गरिरहेको बताए। उनले भने, ‘सरकार अपराधिलाई समात्न मान्दैन। मुद्धा लगाउनै मान्दैन।समातिहाल्यो भने माफि मिनाहा गर्छ उनले भने,‘मुद्धा खारेज गर्छ। अदालतले फेरी हस्तक्षेप गरेर मुद्धा लगाउनु पर्ने स्थिती भएको छ।’उनले प्रहरी प्रशासन र कर्मचारीतन्त्रले ठिक ढंगले काम गर्न नपाएको आरोप लगाए।

अध्यक्ष ओलीले कर्मचारीतन्त्रको दुरुपयोग गरेर चुनावमा धांदली गर्ने गरेको बताउँदै राज्यका तर्फबाट त्यस्तो कुरा हुनु लज्जास्पद र घिनलाग्दो भएको टिप्पणी गरे। उनले भने,‘अहिले देशको अवस्था अत्यन्तै नाजुक छ। कसरी रोक्ने र सकारात्मक बाटोमा फर्काउने ? देशको राजनीतिक अन्यौलग्रस्त छ। देशको राजनीतिक निरासायुक्त छ। अस्थिर र अराजक बनेको छ।’उनले राजनीतिक प्रति जनविश्वास घटेको बताउँदै अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएको र बिग्रदो अवस्थामा रहेको बताए।