images

दूर सञ्चार प्राधिकरणलाई एनसेलको जवाफ, कानुनको अधिनमा रहि खरिदबिक्री गरिएको हो

काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार संस्था एनसेलले ८० प्रतिशत सेयर खरिद बिक्रीका सन्दर्भमा नेपाल दूरसञ्चार प्राधिकरणलाई लिखित जवाफ दिएको छ। अर्थ मंगलबार समितिमा उपस्थित भएका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले प्राधिकरणको पत्रको जवाफ पठाउँदै त्यसबारे नेपालको कानुन पालना गर्ने बताएको जानकारी दिएका छन्।

मंसिर १५ गते सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिइ एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको रिनोल्ड होल्डिङ्स लिमिटेडको शतप्रतिशत सेयर खरिद बिक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युकेबीच सहमति भएको विषय बाहिरिएको थियो।

दुई बुँदे जवाफमा एनसेलले कानुनी कर्तव्य पालनाको विषयमा सदैव जागरुक र कटिबद्ध रहने बताएको छ। ‘एनसेल आजिएटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनामा सदैव जागरुक र कटिबद्ध भएको सबैमा अवगतै छ। तहाँको पत्रमा उल्लिखित नियम र विनियमावलीका प्रावधानका पूर्ण परिपालना गर्न सदाझैँ एनसेल आजिएटा लिमिटेड प्रतिबद्ध रहेको व्यहोरा सादर निवेदन गर्दछ,’पत्रमा भनिएको छ।

हेर्नुहाेस् पत्र

A complete Nepali News Portal based on news & views
images
SKIP THIS